
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ ।
हिमालयन र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा गएकाले दुवै बैंकको शुक्रबार (वैशाख ३१ गते) देखि शेयर कारोबार रोक्का हुनेछ । मर्ज सम्पन्न भएर एकीकृत कारोबार भएपछि अब हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकका नामबाट शेयर कारोबार खुल्नेछ ।
दुवै बैंकबीच मर्जरका लागि बिहीबार सम्झौता भएको हो ।
अहिलेको प्रारम्भिक सहमति अनुसार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्जर हुन लागेका हुन् ।
मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेस्टमेन्टबाट ज्योति पाण्डेल सम्हाल्ने छन् । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाण्डे हुने सम्झौता भएको छ । त्यसपछि शेयर संरचनाका हिसाबले बाँकी सञ्चालक छानिने छन् ।
यी दुई बैंक एकआपसमा मर्जर भएसँगै चुक्ता पुँजी, निक्षेप, कर्जा लगायतमा सबैभन्दा ठूलो बैंक बन्नेछ ।