०४ असार २०८३, बिहीबार

एनएमबि अनलाईन केवाइसी–नेपालमा डिजीटल बैंकिङ्ग पुनः परिभाषित गर्ने सम्वाहक

बैशाख ३१, २०७८
एनएमबि अनलाईन केवाइसी–नेपालमा डिजीटल बैंकिङ्ग पुनः परिभाषित गर्ने सम्वाहक

एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न अनलाईन केवाइसी अघि सारेको छ ।

यो सेवाको सुरूवातसँगै, एनएमबि बैंकका ग्राहकहरूले आफनोे घर/कार्यालयबाट केवाइसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् । 

ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नय“ा खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।

यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् । 

‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकमा नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्छन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्