२३ असार २०८३, मंगलबार

दीपिका पादुकोणका पिता प्रकाश कोरोनामुक्त

बैशाख ३१, २०७८
दीपिका पादुकोणका पिता प्रकाश कोरोनामुक्त

भारतका प्रख्यात ब्याडमिन्टन खेलाडी तथा बलिउड अभिनेत्री दीपिका पादुकोणका पिता प्रकाश पादुकोण कोरोनाबाट निको भएका छन् । 

मे महिनाको शुरूतिर स्वास्थ्य बिग्रिएपछि उनलाई बेंगलुरुको अस्पतालमा भर्ना गरिएको थियो । उनी पूरै ठीक भएर अस्पतालबाट घर आइसकेको जानकारी उनका नजिकैका साथी विमल कुमारले जानकारी दिए । 

केही दिनअघि दीपिका पादुकोण पनि कोरोना पोजिटिभ पाइएपछि आइसोलेसनमा पुगेकी थिइन् । उनको स्वास्थ्य पनि पहिलेभन्दा ठीक भएको बताइएको छ । 

प्रकाश पादुकोण, उनकी पत्नी र कान्छी छोरी अनीशालाई कोभिड–१९ का लक्षणहरू देखिएका थिए । स्वास्थ्य जाँच गराउँदा रिपोर्ट पोजिटिभ आयो । त्यसपछि सबैले घरमा आइसोलेसनमा बसे । तर दुई दिनपछि पनि प्रकाशको ज्वरो घटेन । 

त्यसपछि उनलाई अस्पतालमा भर्ना गरियो । पत्नी र छोरी घरैमा क्वारेन्टीनमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्