१० साउन २०८३, आइतबार

मन्त्रिपरिषद् विस्तार, पुरानै मन्त्रीलाई निरन्तरता

बैशाख ३१, २०७८
मन्त्रिपरिषद् विस्तार, पुरानै मन्त्रीलाई निरन्तरता

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथलगत्तै मन्त्रिपरिषद् विस्तार भएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । त्यसपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रपतिसँग शपथ लिए । 

प्रधानमन्त्री ओलीले यसअघिको मन्त्रिपरिषद्कै सदस्यलाई निरन्तरता दिएका छन् । मन्त्रीहरूले शितलनिवासमा शपथ लिएका छन् । 

संविधानको धारा ७६(३) अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्