![ओलीको नयाँ मन्त्रिपरिषदमा दोहोरिए पुरानै अनुहार, कुन मन्त्रालयमा कुन मन्त्री ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/IPRO_KTM-7361_TL46JQv8ML.jpg)
प्रधानमन्त्रीमा पुन: नियुक्त केपी शर्मा ओलीले पुरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन् ।
बहुमतको सरकार बन्न नसकेपछि संविधानको धारा ७६ (३) अन्तर्गत ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले यसअघिको सरकारकै मन्त्रीहरूलाई निरन्तरता दिएका हुन् ।
प्रधानमन्त्री ओली र मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीलतनिवासमा शुक्रवार आयोजित विशेष समारोहमा शपथ लिएका छन् ।
प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंसँग राखेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।
यसका अलावा रामबहादुर थापा गृह, टोपबहादुर रायमाझी ऊर्जा, विष्णु पौडेल अर्थ, प्रदीप ज्ञवाली परराष्ट्र, हृदयेश त्रिपाठी स्वास्थ्य, लेखराज भट्ट उद्योग र कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रीमा दोहोरिएका छन् ।
यसैगरी प्रभु साह शहरी विकास, भानुभक्त ढकाल पर्यटन, मणि थापा खानेपानी, पद्मा अर्याल कृषि, वसन्त नेम्वाङ भौतिक पूर्वाधार, गौरीशंकर चौधरी श्रम, पार्वत गुरुङ सञ्चार, शिवमाया तुम्बाहाङ्फे भूमि व्यवस्था, लीलानाथ श्रेष्ठ कानून, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, प्रेम आले वन तथा वातावरण, जुली महतो महिला बालबालिका र दावा लामा तामाङ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
नवराज रावत स्वास्थ्य राज्यमन्त्री, रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री र विमला विक उद्योग राज्य मन्त्रीमा दोहोरिएका छन् ।
सूचीमा हेर्नुहोस्, नामहरू :
मन्त्रीहरूको कार्यविभाजन र सूची
१. केपी शर्मा ओली प्रधानमन्त्री/रक्षा
२. ईश्वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. रामबहादुर थापा मन्त्री गृह
४. टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
५. विष्णुप्रसाद पौडेल मन्त्री अर्थ
६. प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
७. हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
८. लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
९. कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
१०. प्रभु साह मन्त्री सहरी विकास
११. भानुभक्त ढकाल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२. मणिचन्द्र थापा मन्त्री खानेपानी
१३. पद्माकुमारी अर्याल मन्त्री कृषि तथा पशुपन्छी विकास
१४. वसन्तकुमार नेम्वाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
१५. गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. पार्वत गुरुङ मन्त्री सञ्चार तथा सूचना प्रविधि
१७. डा. शिवमाया तुम्बाहाङफे मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१८. लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१८. गणेशसिंह ठगुन्ना मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
२०. प्रेमबहादुर आले मन्त्री वन तथा वातावरण
२१. जुलीकुमारी महतो मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२२. दावा लामा तामाङ मन्त्री युवा तथा खेलकुद
२३. नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२४. रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास
२५. विमला वि.क. राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति