नेपाली सेनाले कपिलवस्तु जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सैनिक श्रीमति संघले उपलब्ध गराएको स्वास्थ्य सामाग्री २२ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी टिकाराम गुरुङ्गले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गणेश क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।
हाल देशभर घातक रुपमा संक्रमण फैलिरहेको सन्दर्भमा अस्पतालका संक्रमित बिरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि संघले बुठ ५० जोर, चस्मा ५० गोटा, हेड कभर २०० सेट, सु कभर २०० जोर, ग्लोभ १०० जोर, मास्क ५० पिस, पिपिई ५० सेट, सर्जिकल ग्लोभ १२ बट्टा, मेडिकल मास्क १० बट्टा र सेनिटाईजर २५ लिटर उपलब्ध गराएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।