०९ साउन २०८३, शनिबार

माधव नेपालसँगको वार्तामा एमाले संस्थापन तर्फबाट बादल पनि सहभागी

बैशाख ३१, २०७८
माधव नेपालसँगको वार्तामा एमाले संस्थापन तर्फबाट बादल पनि सहभागी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रवार साझ भएको वार्तामा संस्थापन पक्षको तर्फबाट नेता रामबहादुर थापा बादल पनि सहभागि छन् । वार्तामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेता नेपाल लगायत दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । 

नेकपा एकता भंग भएपछि पूर्व माओवादी पृष्ठभूमिका बादल एमालेमा लागेका थिए । नयाँ स्थायी कमिटीमा उनी चौथो बरियताको नेता हुन् । बागमती प्रदेश कमिटीको इन्चार्ज रहेका बादल राष्टिय सभामा एमालेको आधिकारीक उम्मेदवार हुन् । 

माओवादीले सांसद पद खोसेपछि हुन लागेको राष्टियसभा निर्वाचनमा उनी एमालेको तर्फबाट उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्