२८ असार २०८३, आइतबार

ओली र नेपालबीच भोलि फेरि बैठक बस्दै

बैशाख ३१, २०७८
ओली र नेपालबीच भोलि फेरि बैठक बस्दै

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार फेरि छलफल हुने भएको छ । पार्टीको विवाद समाधानका लागि शुक्रबार कार्यदल बनाउने सहमति भएअनुसार त्यसलाई अन्तिम दिन शनिबार पुनः दुई नेताबीच छलफल हुन लागेको हो । 

कार्यदलबारे भोलि बिहान दुई शीर्ष नेताहरुबीच बसेर सदस्यहरुको टुंगो लगाउने नेता गोकर्ण विष्टले जानकारी दिए । 
विष्टले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे आजको बैठकबाट सहमतिमा पुगिएको पनि बताए । 

‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान गर्ने सहमति भएको छ, त्यसको लागि कार्यदल बनाएर मोडालिटी बनाउने सहमति भएको छ’ विष्टले लोकान्तरसँग भने । 

salt training

कमेन्ट गर्नुहोस्