२३ असार २०८३, मंगलबार

उपचारमा खटिने डाक्टर नर्सलाई पूर्वराजाले दिए धन्यवाद

बैशाख ३१, २०७८
उपचारमा खटिने डाक्टर नर्सलाई पूर्वराजाले दिए धन्यवाद

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेका छन् । 

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । 

त्यसको दुई दिनपछि अर्थात आज पूर्व महारानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएका थिए । 

पूर्व राजा शाहले कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेसा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभचिन्तक प्रति आभार प्रकट गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्