०५ साउन २०८३, मंगलबार

ललितपुरमा निषेधाज्ञामा कडाई, यी स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

ललितपुरमा निषेधाज्ञामा कडाई, यी स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने

ललितपुरमा निषेधाज्ञामा कडाई गरिएको छ । 

जिल्ला प्रशासन ललितपुरले निषेधाज्ञामा कडाई गर्दै ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा क्षेत्र तोकेको छ । 

ललितपुर प्रशासनका अनुसार ललितपुर महानगरपालिकाका केही क्षेत्रमा शनिवार (आज) बिहान ६ बजेदेखि राति १० बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

प्रशासनको आदेशमा ‘हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा भेला भए कानुन बमोजिम कारबाही हुने भनिएको छ ।

रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र पूर्व– मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम–  रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिमतर्फको वारुण यन्त्र रहेको स्थान, दक्षिण–सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड), उत्तर–लबिम मल पश्चिमपट्टिको सडकमा भेला नहुन प्रशासनले भनेको छ ।

त्यसैगरी मीन नाथको रथ रहेको आसपास क्षेत्र पूर्व–गणेशस्थान मन्दिर, पश्चिम–टवहाल चोक, दक्षिण–ईति चोक र उत्तर–टंगल र चक्रवहिली गल्ली रहेको क्षेत्रमा समेत निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।

यस्तो छ सूचना

salt training

कमेन्ट गर्नुहोस्