टोरेसको ह्याट्रिकमा सिटीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जीत निकालेको छ ।

शुक्रवार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-३ गोल अन्तरले पराजीत गरेको हो ।


Advertisement

फेरान टोरेसले ह्याट्रिक गरेपछि सिटीले पुनरागमन जीत निकालेको हो ।

जितसँगै सिटीले ३६ खेलमा ८३ अंक जोडेको छ ।

यस अघि नै च्याम्पियन बनिसकेको सिटी शीर्ष स्थानमा रहेको छ ।

न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्