काठमाडौं, १३ पुस– दुबईबाट फर्किएकी एकल महिला रमिता( नाम परिवर्तन) सोझैं टेकुस्थित महानगरीय अपराध महाशाखा पुगिन् । उनको समस्या प्रहरीको निम्ति नयाँ त थिएन तर अनौंठो भने थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेकी उनी रणबहादुर खड्कासँग नजिकिइन् । उनीहरुबीच प्रेममात्रै पलाएन शारीरिक सम्पर्क हुँदै आर्थिक लेनदेन पनि हुन थाल्यो । नेपाल फर्किएकी रमिता प्रहरीमा पुग्नु भने अनौठो थियो ।
आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा लेख्छन्– विवाहित खड्काले अविवाहित हुँ भन्दै प्रेम र शारीरिक सम्पर्क हुँदै आर्थिक लेनदेनसमेत गरेर पछि धोका दिएका रहेछन् । उनी धोका भन्दा पनि खड्कालाई दिएको दुई लाख रकम फिर्ता लिन पहल गर्न त्यहाँ पुगेकी थिइन् ।
यो त एक उदाहरणमात्रै हो, पछिल्लो समय महाशाखामा यस्तै उजुरी आउने क्रम बढेको छ ।