०८ असार २०८३, सोमबार

नक्कली प्रेममा यसरी ठगिँदै छन् महिला

कात्तिक २०, २०७४
नक्कली  प्रेममा यसरी ठगिँदै छन् महिला
काठमाडौं, १३ पुस– दुबईबाट फर्किएकी एकल महिला रमिता( नाम परिवर्तन) सोझैं टेकुस्थित महानगरीय अपराध महाशाखा पुगिन् । उनको समस्या प्रहरीको निम्ति नयाँ त थिएन तर अनौंठो भने थियो ।Break-Up-
वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेकी उनी रणबहादुर खड्कासँग नजिकिइन् । उनीहरुबीच प्रेममात्रै पलाएन शारीरिक सम्पर्क हुँदै आर्थिक लेनदेन पनि हुन थाल्यो । नेपाल फर्किएकी रमिता प्रहरीमा पुग्नु भने अनौठो थियो ।
आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा लेख्छन्– विवाहित खड्काले अविवाहित हुँ भन्दै प्रेम र शारीरिक सम्पर्क हुँदै आर्थिक लेनदेनसमेत गरेर पछि धोका दिएका रहेछन् । उनी धोका भन्दा पनि खड्कालाई दिएको दुई लाख रकम फिर्ता लिन पहल गर्न त्यहाँ पुगेकी थिइन् ।
यो त एक उदाहरणमात्रै हो, पछिल्लो समय  महाशाखामा यस्तै उजुरी आउने क्रम बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्