चीनको यान मंगल ग्रहमा अवतरण

चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ ।

६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।


Advertisement

यो सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।

चीनले तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो । मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल दुई सय ४० किलोग्राम रहेको छ । रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ ।

तिआन्वेन–१ मङ्गल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास हो । यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्