१० असार २०८३, बुधबार

दोलखा प्रहरीको सक्रियतामा ५८ अक्सिजन सिलिण्डर संकलन

दोलखा प्रहरीको सक्रियतामा ५८ अक्सिजन सिलिण्डर संकलन

  जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ वटा अक्सिजन सिलिन्डर संकलन गरेर जिल्ला अस्पताल दोलखालाई हस्तान्तरण गरेको छ । 

कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरमा अक्सिजन अभावका कारणले मानिसहरुको मृत्यु हुन थालेपछि प्रहरीले जिल्ला भरमा २७ वटा भरिएका र ३१ वटा खाली गरि ५८ वटा सिलिन्डर संकलन गरेर जिल्ला अस्पताललाई हस्तान्तरण जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए ।  

 सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रभागमा रहेर कोरोना बिरुद्धको लडाईमा छन । आफ्नो र परिवार समेतको पर्वाह नगरी सेवा प्रवाह गरिरहेका छन । नागरिकहरुलाई  स्वास्थ्य सुरक्षा  मापदण्ड अपनाउन सचेत गराउँदै घर भित्र रहन र आफुहरुले सुरक्षा दिने अनुरोध गरी रहेको डीएसपी रिजालले बताए ।  

  दोलखाका दुर्गम गाउँमा समेत  कोरोना बिरुद्ध सचेतना अभियान चलाएको छ।  

 जिल्लामा कोरोनाको ग्राफ ह्वातै बढी रहेको छ।  बैतेश्बर गाउँपालिकामा कोरोनाको संक्रमण तिब्र रुपमा बढेकाले यस क्षेत्रमा भएका जनतालाई स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रहरीले आग्रह गरेको छ  ।

 कोरोनाको कहरमा प्रहरी सुरु गरेको ‘तपाईको मास्क खै ?’ अभियान अन्तर्गत १३ हजार जनालाई मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ   ।

salt training

कमेन्ट गर्नुहोस्