
समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।
मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ८ को आइसोलेसनका लागि उक्त सिलिन्डर कार्कीले सहयोग गरेका हुन् ।
चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले सङ्कलन गर्नुभएको १८ थान अक्सिजन सिलिन्डर प्रदान गर्नुभएको चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।
कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गर्नुभयो । “मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिन लागेको छु”, उनले भने।