
विवाह संस्कारको कार्यक्रम पहिला–पहिला २–३ दिनसम्म हुन्थे । पछिल्लो समय एक दिवसीय विवाह कार्यक्रमको प्रचलन बढी छ ।
तर भारतको उत्तर प्रदेशस्थित शाहजहाँपुरीमा एक जोडीले १७ मिनेटमा विवाह संस्कारको कार्य पूरा गरेका छन् ।
शाहजहाँपुरको पटनादेव कली मन्दिरमा सातपल्ट परिक्रमा गर्दै पुष्पेन्द्र दुबे र प्रीति तिवारीबीच विवाह सम्पन्न भएको छ ।
दुलाहा पुष्पेन्द्रले विवाहमा तामझाम गर्न र दाइजो लिन अस्वीकार गरेपछि मन्दिरमा छोटो विवाह कार्यक्रम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एकातिर कोरोना भाइरस संक्रमणको महामारी र अर्काेतिर दाइजो प्रथा विरोधी दुलाहा रहेकाले १७ मिनेटमा विवाह सम्पन्न गरिएको छ ।
विवाहमा हुने अनावश्यक खर्च कटौती गर्न समेत छोटो विवाह गरिएको हो । विवाहमा घरपरिवारका अत्यावश्यक आफन्त मात्रै सहभागी भएका थिए ।
दुलाहाले दाइजो नलिने अडान लिँदालिँदै पनि ससुरालीपट्टिले रामायणको पुस्तक दाइजोमा दिएका छन् । यस प्रकारको बिहे स्थानीय स्तरमा चर्चाको विषय बनेको छ ।