१९ असार २०८३, शुक्रबार

शीतल निवासमा चित्रबहादुरको प्रश्न– ‘जेठ ३१ को चुनाव इन्द्रका बाउँ चन्द्रले रोक्न सक्दैनन् भनेको होइन ?’

कात्तिक २०, २०७४
शीतल निवासमा चित्रबहादुरको प्रश्न– ‘जेठ ३१ को चुनाव इन्द्रका बाउँ चन्द्रले रोक्न सक्दैनन् भनेको होइन ?’

काठमाडौं १७ जेठ–पटक पटक निर्वाचनको मिति सारेको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधामनन्त्री पुष्पकममल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

बुधवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सर्वदलीय बैठकमा केसीले पटक पटक चुनाव सार्ने सरकारको निर्णयप्रति कटाक्ष गरेका हुन् । ‘जेठ ३१ गतेका लागि तोकिएको चुनाव इन्द्रेका बाउँ चन्द्रेले पनि रोक्न सक्दैन भनेर प्रधामनन्त्रीले भन्नु भएको होइन ?’ केसीले भने, ‘३१ गतेवाट असार ९ र अहिले १४ गते पुराइएछ, यो चुनाव नगर्ने चाल होइन ?’

नेता केसीले दलहरुले चुनाव नगराएर संविधान असफल बनाउने चलखेलमा लागिपरेको आरोप लगाए । ‘हिउँदमा झडगा गरेर बस्ने, अहिले मध्य बर्खामा चुनाव गर्छु भन्नु चुनाव गराउनलाई हो कि झारा टार्न ?’ उनले प्रश्न गरे ।

अध्यक्ष केसीले कांग्रेस र माओवादी केन्द्रबीच दश महिना अघि नै सरकार फेर्ने ‘अक्कर नामा’ भएको भन्दै सहमतीय सरकार गठनको कुरा गर्नु व्यर्थ भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्