२३ असार २०८३, मंगलबार

ममता बनर्जी सरकारका दुई बहालवाला मन्त्री पक्राउ

जेठ ३, २०७८
ममता बनर्जी सरकारका दुई बहालवाला मन्त्री पक्राउ

भारतको केन्द्रीय अनुसन्धान ब्युरोले सोमवार पश्चिम बंगाल सरकारका दुई बहालवाला मन्त्री फिरहाद हकिम र सुव्रत मुखर्जीलाई पक्राउ गरेको छ । 

उनीहरूसँगै तृणमूल कांग्रेसका विधायक मदन मित्र र पूर्वमन्त्री शोभन चटर्जीलाई पनि पक्राउ गरिएको छ । 

सन् २०१४ मा गरिएको नारद स्टिङ अपरेसनमा यी नेताहरूले काल्पनिक कम्पनीका प्रतिनिधिहरूलाई काम मिलाइदिने शर्तमा घूस खाएको सार्वजनिक भएको थियो । त्यसको भिडियो टेपरेकर्ड विधानसभा निर्वाचनअघि सन् २०१६ मा सार्वजनिक गरिएको थियो । 
 

सीबीआईले सोमवार नै उनीहरूका विरुद्ध अभियोगपत्र बनाएर अदालतसमक्ष पेश गर्दैछ ।

पश्चिम बंगालमा राज्यपाल जगदीप धनखडले तृणमूलका चार नेतालाई अभियोजन चलाउनका लागि अनुमति दिएपछि पक्राउ गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्