
अमेरिका र चीनबीच तनाव चर्किरहेको बेलामा अमेरिकाका जासूसी ड्रोनहरू चीनको आकाशमा अब व्यापक संख्यामा देखिने भएको विज्ञहरूले बताएको भनी साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ ।
अमेरिकाको जलसेनाले शुक्रवार दुईवटा एमक्यू–४सी ट्राइटन ड्रोनहरू गुआमबाट उत्तरी जापानको मिसावा सैन्य अड्डातर्फ अस्थायी रूपमा सारेको छ ।
यसरी पहिलोपटक हाई अल्टिच्युड लंग इन्डुरेन्स मानवरहित हवाई साधन जापानमा राखिएको अमेरिकी जलसेनाको कथन छ ।