०३ साउन २०८३, आइतबार

कोभिडका उपचार सामग्रीको भन्सार जाँचपास छिटोछरितो बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

कोभिडका उपचार सामग्रीको भन्सार जाँचपास छिटोछरितो बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटोछरितो बनाउन निर्देशन दिएका छन् ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीको विना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

उनले एकातिर कोभिड–१९ बाट जोगिनुपर्ने र अर्कातिर प्रभावकारी रूपमा कार्यसम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीलाई आग्रह गरे ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ संक्रमणको उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन पनि निर्देशन दिए ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।

राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयसँग समन्वय गरी २४ घण्टै प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टीम बनाएर काम गरेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्