१२ असार २०८३, शुक्रबार

कोरोना नियन्त्रणमा स्थानीय तहले सक्रियता बढाउन पूर्वमन्त्री भट्टराईको सुझाव

जेठ ३, २०७८
कोरोना नियन्त्रणमा स्थानीय तहले सक्रियता बढाउन पूर्वमन्त्री भट्टराईको सुझाव

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह जिल्लाका स्थानीय तहलाई सक्रियताका साथ लाग्न आग्रह गरेका छन् ।

कोभिड रोकथाम तथा व्यवस्थापनसम्बन्धी सोमवार ताप्लेजुङ जिल्लाका सरोकारवालासँगको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा उनले संक्रमणको रोकथामका लागि स्थानीय स्तरबाट हुन सक्ने सबै किसिमका गतिविधि सञ्चालन गर्न आग्रह गरे ।

संक्रमणको दर बढ्दो अवस्थामा रहेकाले आइसोलेसन निर्माण गर्नेदेखि लिएर यसबाट बच्ने उपायका सन्दर्भमा घरघरमा पुगेर जनचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको समेत उनको भनाइ छ । प्रत्येक वडाका वडाध्यक्षले आफ्नो नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोली तयार गरी घरघरमा गएर संक्रमणबाट बच्ने उपायका सन्दर्भमा जानकारी गराउन सके नागरिक संक्रमणबाट बच्न सक्ने बताए ।

अहिलेको परिस्थितिमा आवश्यक बजेट व्यवस्थापन गरी आइसोलेसन निर्माणलगायत कोभिडको रोकथामका लागि अन्य कार्यक्रम बन्न सके भयाभव अवस्थाबाट बच्न सकिनेमा उनको विश्वास छ । 

जिल्ला अस्पतालमा बिरामीको चाप बढेको खण्डमा स्थानीय तहका स्वास्थ्यका कर्मचारीलाई लिएर समेत काम गर्न सकिने पूर्वमन्त्री समेत रहेका उनले बताए । कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि एकीकृत आइसोलेसन निर्माण, छिटोछरितो रूपमा परीक्षण, स्वास्थ्य क्षेत्रमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन लगायतमा प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरेर सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्