०७ असार २०८३, आइतबार

चिलीमा वामपन्थीहरूले लेख्ने भए नयाँ संविधान, पिनोसेयुगको अन्त्य

जेठ ३, २०७८
चिलीमा वामपन्थीहरूले लेख्ने भए नयाँ संविधान, पिनोसेयुगको अन्त्य

दक्षिण अमेरिकी मुलुक चिलीमा नयाँ संविधान बनाउनका लागि गठन गरिने कन्स्टिच्युसनल कन्भेन्सनका १५५ जना प्रतिनिधिका लागि भएको निर्वाचनमा वामपन्थीहरू विजयी भएका छन् । 

विशुद्ध वामपन्थी, मध्यमार्गी वामपन्थी र स्वतन्त्रहरूले दुई तिहाइभन्दा बढी सीट जितेका छन् । मध्यमार्गी दक्षिणपन्थी सरकारको पराजय भएको छ । 

सन् १९८० को दशकमा निरंकुश शासक अगस्टो पिनोसेले अमेरिकाको सहयोगमा लेखेको घोर पुँजीवादी संविधान अब बदर गरेर नयाँ संविधान लेखिने भएको छ । 

चिलीको इतिहासमा पहिलोपटक ब्यालट बक्सहरू सीलबन्दी गरिएका थिए र मतदान केन्द्रमा राखिएका थिए । देशभरिका २७ सय मतदान केन्द्रमा निर्वाचन अधिकारीहरूले पहरा दिएका थिए । रक्षा मन्त्रालयले तिनको सुरक्षाका लागि २३ हजार सैनिक तैनाथ गरेको थियो । 
 

कन्स्टिच्युसनल कन्भेन्सनका लागि छानिएका प्रतिनिधिलाई संविधानको मस्यौदाका लागि नौ महिनाको समय दिइनेछ र त्यसमा तीन महिना थप्न पनि सकिनेछ । त्यसपछि त्यसलाई जनमतसंग्रहका लागि प्रस्तुत गरिनेछ ।

जनमतसंग्रहमा मतदान अनिवार्य गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्