घरमा आगलागी हुँदा लाखौंको क्षति

प्रतिकात्मक तस्वीर

दोलखाको बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गंगाबहादुर दाहालका घरमा आगलागी भएको छ ।

सोमवार बिहान करीब साढे ११ बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ । 


Advertisement

स्थानीय, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्सनको पानी ट्यांकी समेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीय सुजन दाहालले जानकारी दिए ।

भूकम्पले क्षति भएपछि निर्माण भएको घरमा दाहाल परिवारको बसोबास थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुपैयाँ पैसा समेत जलेर नष्ट भएको छ । विद्युतीय सर्किटबाट आगलागी भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । 

कुनै मानवीय क्षति नभए पनि घरबासविहीन भएका अवस्थामा तत्कालै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार र सहयोगी संस्थालगायत सहयोगी निकायमा अनुरोध गरिएको छ ।

आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । अहिले घटनास्थलमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्