
अमेरिकाका राष्ट्रपति जो बाइडनले इजरायललाई लगभग ७४ करोड डलर बराबरको प्रिसिजन गाइडेड हतियारहरू बेच्नका लागि स्वीकृति दिएको खबर द वाशिङपोस्ट पोस्टले सोमवार प्रकाशित गरेको छ ।
संसद्को परराष्ट्र मामिला समितिका एक प्रवक्ताका अनुसार, बाइडन प्रशासनले संसद्लाई मे ५ मा यसबारेमा जानकारी दिएको थियो ।
तर अधिकांश सांसदलाई यस विषयमा जानकारी आइतवारसम्म पनि थिएन । संसद्ले यस्ता सम्झौतामा आपत्ति जनाउनका लागि २० दिनको अवधि पाउँछ ।
‘परराष्ट्र मामिला समितिमा पारदर्शिताको अभाव छ र संवेदनशील सम्झौताहरू निगरानी विना नै स्वीकृत गरिन्छन्,’ डेमोक्रेटिक पार्टीका एक सांसदका सहयोगीले वाशिङटन पोस्टलाई बताए ।
आइतवार बाइडनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर इजरायलप्रति अमेरिकाको दह्रो समर्थन रहेको बताए अनि हमासको आक्रमणबाट प्रतिरक्षा गर्ने अधिकार रहेको बताए ।