सशस्त्र प्रहरीको टोलीद्वारा खैरो हिरोइनसहित १ जना पक्राउ

प्रतिकात्मक तस्वीर

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१० स्थित सीमा क्षेत्रबाट आइतवार सशस्त्र प्रहरी (एपीएफ) टोलीले करीब ६ ग्राम ८२० मिलिग्राम खैरो हिरोइनसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ बस्ने १९ वर्षीय सुरज चौधरी छन् ।


Advertisement

भारतबाट से३प २५६२ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भुडाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा खैरो हिरोइन फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका चौधरीलाई बरामद खैरो हिरोइन तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्