सरकार पुनर्गठनपछि मन्त्रिपरिषद्को पहिलो बैठक

वर्तमान सरकार गठनपछि सोमवार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरूबारे छलफल हुने जनाइएको छ ।


Advertisement

कोरोना संक्रमणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा ठूलो दल रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि गत वैशाख ३० गते नियुक्त गरेकी थिइन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्