०१ असार २०८३, सोमबार

कोरोनाका कारण सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको निधन

कोरोनाका कारण सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको निधन

सप्तरीको सप्तकोशी नगरपालिकाकी उप-प्रमुख आशा चौधरीको मंगलवार बिहान ४  बजे निधन भएको छ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत महानन्द चौधरीका अनुसार उनी कोरोना संक्रमित भएर विराटनगर स्थित विराट टिचिङ अस्पतालमा गत वैशाख २६ गते देखि उपचाररत थिइन्।

‘रुघा खोकी भए पछि भदौ २६ गते एन्टिजेन परीक्षण कोरोना पोजेटिभ देखिएको थियो,’ चौधरीले भने,‘त्यही दिन नगरपालिकाको एम्बुलेन्सबाट उहाँलाई विराटनगर लगिएको थियो।’

४ दिन देखि उनलाई त्यहाँको भेन्टीलेटरमा राखेर उपचार गराइएको थियो। नेकपा एमालेबाट निर्वाचित भएकी उपमेयर चौधरी ४० वर्षकी थिइन्। उनको पति र एक छोरा छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्