०४ असार २०८३, बिहीबार

मृतक साथीको पर्स चोरेर रेस्टुराँमा खान गइन् महिला

भदौ १२, २०७८
मृतक साथीको पर्स चोरेर रेस्टुराँमा खान गइन् महिला

बेलायतमा एक महिलाले मित्रताको सम्बन्धको बेइज्जती गरेको खबर आएको छ । 

ग्रेटर म्यानचेस्टर एरियाकी जेन गडफ्रे नामक महिलाको केही समयपहिले निधन भएको थियो । उनको मृत्युपछि उनको बैंक कार्ड हराएको थियो । 

प्रहरी अनुसन्धानमा जेनकी साथी टेरेली यिट्स यसका लागि जिम्मेवार रहेको पायो । 
 

टेरेली जेनको घरमा पुग्दा जेनको मृत्यु भइसकेको थियो । टेरेलीले अस्पतालमा कल पनि गरेकी थिइन् । त्यसपछि उनी जेनको एटीएम कार्ड लिएर हिँडिन् ।
 

जेनकी छोरी स्याडी बर्डले यसबारेमा बताइन्, ‘यस्तो क्रूरता त हरर फिल्ममा पनि हुन्न होला । म आमाको घर जाँदा सबै सामान यताउता फ्याँकिएको थियो । उहाँको बैंक स्टेटमेन्ट छरिएको थियो । ब्याग र पर्स खाली थिए । ल्यापटप पनि थिएन । उहाँको साथीले यस्तो घिनलाग्दो काम गर्लिन् भन्ने कल्पना पनि थिएन ।’
 

टेरेलीले जेनको एटीएम कार्ड लिएर म्याकडोनल्ड्समा गएर टन्न खाएकी रहिछन् । जेनले टेरेलीलाई विश्वास गर्दै एटीएमको पिनकोड दिएको पाइयो । 

कोरोना महामारीका कारण आफूले आमाको अन्त्येष्टि पनि राम्रोसँग गर्न नपाएको गुनासो स्याडीले गरिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्