१५ असार २०८३, सोमबार

कोरोनाबाट एकै वडाका ९ जनाको मृत्यु

जेठ ४, २०७८
कोरोनाबाट एकै वडाका ९ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

दैलेखको दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका ९ जनाको मृत्यु भएको छ ।

एकै वडामा यति धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको दैलेखमा पहिलो हो ।

मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य ३ छिमेकीको ज्वरो आउने, शरीर र छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्य चौकी गौरीका संयोजक रमेश लम्सालले बताए ।

उनीहरूको परीक्षण विनै बिरामी भएको ५ देखि ८ दिनमा मृत्यु भएको बताइएको छ । अन्य ६ मध्ये २ जनाको भारतमा मृत्यु भएको थियो । बाँकी ४ जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए ।

कामका लागि भारत गएका स्थानीय घरमा फर्केसंँगै १५ दिनभित्र ९ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।  

एउटै टोलमा १०० भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सक सहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्