२३ असार २०८३, मंगलबार

अस्ट्रेलियाका वैज्ञानिकहरूको दाबी, तनाव घटाउनुछ भने दिनको आधा किलो फलफूल खानुस्

भदौ १२, २०७८
अस्ट्रेलियाका वैज्ञानिकहरूको दाबी, तनाव घटाउनुछ भने दिनको आधा किलो फलफूल खानुस्

अस्ट्रेलियाको एडिथ कोवेन विश्वविद्यालयले गरेको अनुसन्धानमा फलफूल तथा सागपात खाँदा तनाव घट्ने पाइएको छ । 

कुल ८६ सय मानिसहरूमा गरिएको अध्ययनमा ४७० ग्राम फलफूल र सागपात खानेहरूमा तनाव १० प्रतिशत घटेको पाइयो । विश्व स्वास्थ्य संगठनले पनि तनाव घटाउन फलफूल खाने सल्लाह दिन्छ । 

क्लिनिकल न्युट्रिसन नामक जर्नलमा प्रकाशित अध्ययनअनुसार, अध्ययनमा २४ देखि ९४ वर्षसम्मका मानिसलाई सहभागी गराइएको थियो । अनुसन्धाता सिमोन रेडभेल्लीले फलफूल र सागपातको सीधा कनेक्सन मस्तिष्कसँग रहेको यस अध्ययनबाट पुष्टि भएको बताए । 

सिमोन भन्छिन्, ‘मस्तिष्कसम्बन्धी रोग अस्ट्रेलिया लगायत संसारभरि बढिरहेका छन् । केही समयसम्म तनाव रहेर हराए त ठीकै छ तर यो लामो समयसम्म बस्यो भने त्यसको सीधा असर मस्तिष्कमा पर्छ । अनि यसले मुटुरोग, मधुमेह, डिप्रेसन र छटपटी लगायतका समस्या निम्त्याउँछ ।’

फलफूल र सागपातमा भिटामिन, मिनरल, फ्लेभेनोयड्स र क्यारोटिनोयड्स हुने र त्यसले तनाव घटाउन सहयोग गर्ने सिमोनको भनाइ छ । यसले मस्तिष्कलाई शान्त बनाउँछ । 
 

salt training

कमेन्ट गर्नुहोस्