०१ असार २०८३, सोमबार

अस्पतालभित्रै स्वास्थ्यकर्मीमाथि कुटपिट, २ जना पक्राउ

अस्पतालभित्रै स्वास्थ्यकर्मीमाथि कुटपिट, २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

मोरङ जिल्लाको विराट मेडिकल शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको छ ।

सोमवार राति बूढीगंगा गाउँपालिकास्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले बूढीगंगा–२ का अनिल श्रेष्ठ र निश्चल श्रेष्ठलाई पक्राउ गरेको र २ जना फरार रहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए ।

सोमवार राति पेट दुखेर बूढीगंगा–२ की वृद्धा गोमादेवी श्रेष्ठ उपचारका लागि भर्ना भएका बेला विवाद भएर कुटपिट गरिएको अस्पतालले जनाएको छ । उपचारमा ढिलाइ भएको भन्दै आकस्मिक कक्षमा छिरेर चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्