
प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको छ ।
मंगलवार रिटमाथि भएको सुनुवाइपछि जारी आदेश अनुसार रिटलाई अग्राधिकार दिइनेछ । प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ नभनेर ‘त्यो पर्दैन’ भनेपछि शपथविरुद्ध रिट परेको थियो ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र वली लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
रिटमा प्रधानमन्त्रीले पुनः शपथ लिन र सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न रोक्न माग दाबी गरिएको छ ।
माओवादी छाडेर एमाले प्रवेश गरेका ७ जना गैर सांसद मन्त्रीले दोस्रो पटक शपथ लिएका थिए ।
