०८ असार २०८३, सोमबार

कोरोना लागेपछि आइसोलेसनका लागि रुखमा बसे यी व्यक्ति

जेठ ४, २०७८
कोरोना लागेपछि आइसोलेसनका लागि रुखमा बसे यी व्यक्ति

कोरोनाभाइरस महमारीको आतंक भारतका गाउँगाउँमा फैलिएको छ । 

गाउँमा स्वास्थ्य केन्द्र त परको कुरा, होम आइसोलेसन पनि सम्भव छैन । 
 

तेलंगानामा एक युवकलाई कोरोना लागेपछि घरको आँगनमा रहेको रुखमा चढेर आइसोलेसनमा बसेका छन् । परिवारलाई संक्रमणबाट बचाउन उनी रुख चढेका हुन् । 
 

कोठानन्दीकोंडा गाउँका युवकलाई कोरोना लागेपछि चिकित्सकले होम आइसोलेसनमा बस्न भने । गरीबको घरमा जम्मा एउटा कोठा भएकाले संक्रमित युवक रुख चढेर आइसोलेसनमा बसे । 

एउटै कोठामा चारजनाको परिवार बस्ने गर्छ । 

शिवा नामक ती युवक विगत १० दिनदेखि आइसोलेसनमा छन् । उनी रुखमै खाना मगाउँछन्, त्यही दिसापिसाब गर्छन् अनि संगीत सुनेर दिन कटाउँछन् । 

गाउँमा उपचार नपाएर धेरैजनाको मृत्यु भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्