३१ असार २०८३, बुधबार

गाउँ कार्यपालिकामा एमालेको प्यानल नै निर्विरोध 

कात्तिक २०, २०७४
गाउँ कार्यपालिकामा एमालेको प्यानल नै निर्विरोध 

फलेवास, १८ जेठ– पर्वत जिल्लाको महाशिला गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएको छ ।

बुधबार भएको निर्वाचन प्रक्रियामा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो । दुई दलित र अल्पसङ्ख्यक तथा चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट विष्णुराम विक र सोमबहादुर विक छन् । त्यसैगरी, महिला सदस्यमा धनसुवा विक, गीता नेपाली, सपना नेपाली र दीपा राना रहेका छन् ।

उनीहरुलाई बुधबार नै गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले पदभार ग्रहण गराउनुभएको थियो । उक्त गाउँपालिकाका सातवटा वडामध्ये ६ वटा वडामा एमाले र एउटा वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।

चौध जनाको गाउँ कार्यपालिकामा एक सदस्य नेपाली काँग्रेसका रहेका छन् । पर्वतका अन्य स्थानीय तहका कार्यपालिकाका लागि आज दिउँसो निर्वाचन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्