१९ असार २०८३, शुक्रबार

१२ अस्पतालमा अक्सिजन प्लान्टका लागि झण्डै १७ करोडको खरिद प्रक्रिया अघि बढाउन अर्थको स्वीकृति

१२ अस्पतालमा अक्सिजन प्लान्टका लागि झण्डै १७ करोडको खरिद प्रक्रिया अघि बढाउन अर्थको स्वीकृति

अर्थ मन्त्रालयले १२ अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारका लागि १६ करोड ८० लाखसम्मको खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयबाट ११ अस्पतालमा अक्सिजन प्लान्ट र एक अस्पतालमा पाइपलाइन विस्तारका लागि झन्डै १७ करोडको खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेका हुन् ।

निर्णयानुसार उक्त सुविधा पाउनेमा दमौली अस्पताल तनहुँ, स्याङ्जा अस्पताल स्याङ्जा, बैतडी अस्पताल बैतडी, डोटी अस्पताल डोटी, अर्घाखाँची अस्पताल अर्घाखाँची, पी चन्द्र अस्पताल नवलपरासी, तौलिहवा अस्पताल कपिलवस्तु, पाल्पा अस्पताल पाल्पा, बर्दिया अस्पताल बर्दिया, प्रादेशिक अस्पताल तुलसीपुर दाङ, प्युठान अस्पताल प्युठान र तेह्रथुम अस्पताल तेह्रथुम छन् ।

हेर्नुहोस्, निर्णयसम्बन्धी पत्र :

salt training

कमेन्ट गर्नुहोस्