०५ असार २०८३, शुक्रबार

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्सिजनको अभाव

जेठ ४, २०७८
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्सिजनको अभाव

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कोभिड–१९ संक्रमणका बिरामीसहित अन्य बिरामीका उपचार नियमित रूपमा भइरहेको बताएका छन् ।

पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको संक्रमणले अक्सिजन लिने वृद्धि हुँदा समस्या भइरहेका अवस्थामा पनि अन्य जटिल खालका बिरामीको पनि नियमित उपचार भइरहेको उनले जानकारी दिए ।

‘हामीलाई दैनिक ३०० अक्सिजन सिलिन्डरको आवश्यकता पर्छ । शुरूका दिनमा २०० सिलिन्डर थियो,’ उनले भने, ‘पछिल्लो समयमा अक्सिजनको हाहाकार बन्दै गयो ।’ 

नेपालगञ्जबाट भरेर ल्याएका सिलिण्डर त्यहाँका बिरामीका आफन्तले खोस्दा अक्सिजन अभाव बढेको र श्वासप्रश्वासका बिरामी थपिँदै उपचारमा आइलागेको समस्याले निकै सोच मग्न बनाएको उनले बताए ।

अक्सिजन नै सकिएपछि श्वासप्रश्वासका बिरामीको मृत्युको कारुणिक दृश्य र आफन्तको पीडा देख्न नपरोस् भनेर अस्पताल सेवा दिन सक्ने अवस्थामा नरहेको भन्ने सूचना गर्नुुपरेको उनको भनाइ थियो ।

‘बिरामीको हित र सरकार सहित अन्य सरोकारवाला निकायलाई पनि झक झक्याउन सूचना गरेको हुँ । यसले नागरिकमा केही असर पारेपनि सरोकारवालाको गम्भीर ध्यानाकर्षणले अक्सिजनको जोहो भएर कोभिड बिरामीको उपचारमा सहयोग पुगेको छ,’ उनले भने ।

प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पतालाई कोभिड विशेष अस्पताल भनिएपनि प्रतिष्ठान टाढा रहेको, चौरजहारीमा जनशक्ति र क्षमता कम भएकोले सुर्खेतमै बिरामीको चाप बढेको उनको भनाइ थियो ।

प्रदेश अस्पताल बाल रोग विभागका प्रमुख डा. नवराज केसीले गम्भीर खालका बिरामीमात्र आओस् भन्ने आशयले अस्पताल प्रशासनले सूचना गरेको बताए । कोरोनाबाट बालबालिकामा सामान्यप्रभाव देखिएपनि ठूलो असर नपरेको उनले बताए ।

गाउँमा स्वास्थ्यकर्मी, स्वयंसेवक आमा समूह र अन्य सरोकारवालाले पनि अभियानमा खट्न सके ८० प्रतिशत बिरामी घट्ने उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्