३२ असार २०८३, बिहीबार

बाँकीलाई खोप लगाउने कार्य अविलम्ब गर्न सर्वाेच्चको अन्तरिम आदेश

बाँकीलाई खोप लगाउने कार्य अविलम्ब गर्न सर्वाेच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले कोभिड विरुद्धको खोप लगाउन बाँकी रहेकालाई खोप लगाउने कार्य अविलम्ब रूपमा गर्न अन्तरिम आदेश दिएको छ ।

निवेदक किर्तिनाथ शर्मा पौडेलको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपककुमार कार्कीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा आदेश जारी गरेको हो ।

अदालतले स्वास्थ्य संस्थामा बेड अभाव भए कुनै पनि खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था मिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्था गरी प्रभावकारी उपचारको व्यवस्था गर्न समेत आदेश दिएको छ ।

अक्सिजनको अभावका कारण नागरिकको मृत्यु भएको भन्ने देखिएको हुनाले अक्सिजन आपूर्तिको सम्बन्धमा प्रभावकारी व्यवस्था गर्न समेत आदेशमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्