१७ असार २०८३, बुधबार

चोलेन्द्रको नेतृत्वमा आइजी मुद्दाको इजलास तोकियो

कात्तिक २०, २०७४
चोलेन्द्रको नेतृत्वमा आइजी मुद्दाको इजलास तोकियो
काठमाडौं, १८ जेठ – प्रहरी महानिरिक्षक सम्बन्धि मुद्दाको किनारा लगाउन सर्वोच्च अदालतमा बृहत पूर्ण इजलास गठन भएको छ ।

विहीवारका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वमा सात सदस्यीय बेन्च तोकेकी हुन् । सम्भवत आज आइजी मुद्दाको किनारा लाग्ने छ । तर यसअघि पनि एक पटक बृहत पूर्ण इजलास गठन भएको थियो तर बेन्च बस्न सकेको थिएन ।

लामो समयदेखि सर्वोच्च अदालतमा अड्किएको प्रहरी महानिरिक्षकको मुद्दा धेरैको चासो छ । आज गठन गरिएको बेन्चमा जवरा सहित जगदीश शर्मा पौडेल, दीपकुमार कार्की, केदार प्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी रहेका छन् ।

सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरेपछि सर्वोच्च अदालतमा आइजीको मुद्दा बल्झिएको हो । चन्दको नियुक्तीलाई अदालतले रोकपछि सरकारले अर्का डिआइजी प्रकाश अर्याललाई महानिरिक्षकमा बढुवा गरेर फुली लगाइदिएको छ ।


अर्यालले फुली लगाएपछि डिआइजी नवराज सिलवालले आफूलाई अन्याय भएको भन्दै मुद्दा दायर गरेका छन् । सिलवालले चन्दलाई आइजीपी बनाइँदा पनि सर्वोच्चको ढोक ढकढकाएका थिए ।

यो बीचमा आइजी मुद्दामा हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेस र माओवादीका सभासदले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ता गरे । महाअभियोगलाई यथास्थितिमा राख्नु भन्ने आदेश सर्वोच्च अदालतले दिएपछि कार्की सर्वोच्च फर्किइन् ।

त्यसपछि विकास भएको घटना क्रम अनुसार कार्कीलाई महाअभियोग दर्ता गराउने प्रस्तावक र समर्थकले व्यवस्थापिका संसदमा महाअभियोग फिर्ता लिएको निवेदन व्यवस्थापिका संसद सचिवालयमा दर्ता गराएका छन् ।
अदालतमा विचाराधिन मुद्दाको विषयलाई लिएर कार्कीलाई महाअभियोग लगाइएको भन्दै न्यायाधीश चालेन्द्र शमसेर जवाराले नै कार्कीलाई अदालत फर्काएका दिए ।

आज कार्कीले उनैको नेतृत्वमा सर्वोच्चमा बेन्च गठन गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्