×

NMB BANK
NIC ASIA

कोरोना संकट

‘ग्राउन्ड जिरो’ ३- एपीएफ अस्पताल : एक आमाको चित्कार– मेरो कोख बचाइदिनुस् डाक्टरसा’ब !

जेठ ५, २०७८

NTC
Premier Steels

सशस्त्र प्रहरी अस्पताल सतुंगलका डाक्टर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रोशनकुमार झा कोरोनाका बिरामीको अवस्था बुझ्न बेडतर्फ जाँदै थिए । 

Muktinath Bank

डा. झालाई देखेर रामेछापकी शान्ता (नाम परिर्वतन) उनी नजिक आइन् । उनले आफ्नो छोरालाई जसरी भएपनि बचाइदिन आग्रह गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मेरो कोख बचाइदिनुस्, डाक्टर सा’ब,’ ती आमाको अनुनय सुनेपछि डा. झाले सान्त्वना दिए, ‘केही हुँदैन, त्यस्तो अवस्थाबाट त फर्काएका छौं, निको हुन्छ, आत्तिनु पर्दैन,’ उनलाई हौसला दिँदै सम्झाए ।


Advertisment
Nabil box
Kumari

उनले बारम्बार दोहोर्‍याइरहिन्, ‘मेरो कोख बचाइदिनुस् डाक्टरसा’ब !’ 

Vianet communication

आफ्नो छोराले खाना पनि नखाएको कुरा उनले सुनाइन् ।

‘छोराले केही खान मान्दैन । हजुरले अलि सम्झाइदिनुपर्‍यो,’  शान्ताले आग्रह गरिन् । 

डा. झा उनको छोरा भएको ठाउँमा गए । १९ वर्षका छोरा रोहित (नाम परिवर्तन) बोल्न सक्दैनथे । डाक्टरलाई देखेपछि मुसुक्क हाँसे । 

आमासँग कापी र कलम मागे । ‘म कहिले कोरोनाको खोप लगाउन सक्छु ?’ लेखेर प्रश्न सोधे । 

लिखित प्रश्नको जवाफमा डा. झाले बोलेरै भने, ‘आफ्टर ३ विक्स (अबको तीन हप्तापछि) लगाउन मिल्छ ।’

त्यसपछि उनले डाक्टरलाई कानैमा केही भन्न खोजे, तर सकेनन् ।

शायद उनलाई डाक्टरसँग धेरै सोध्न मन थियो तर घाँटीबाट पाइप लगाएर खाना खुवाएका कारण उनी बोल्न सकेका थिएनन् । 

डाक्टर झाले लोकान्तरसँग भने, ‘उहाँलाई नाक र घाँटीबाट पाइपको माध्यमले खाना दिइएको थियो, त्यसैले बोल्न सक्नुहुन्न ।’

रोहितले आमातिर पुलुक्क हेरे । आमाले उनको हेराइबाटै कुरा बुझेर कामी र कलम दिइन् ।

उनले अर्को प्रश्न कापीमा लेखे, ‘मलाई मासु मन पर्दैन । स्टामिना बढाउनका लागि मैले के खाने ?’ 

‘तपाईं भेजिटेरियन भए पनिर खानुस् । फलफूल खानुस् । फ्रेस जुस खानुस्,’ डा. झाले बोलेरै जावाफ दिए ।

थोरै मुस्कुराएर रोहितले ‘हवस्’ भन्ने संकेत गरे ।

रोहितकी आमाले मासु खाँदैन, अरू त खुवाएकी छु डाक्टर सा’ब भनिन् ।

डा. झाले नआत्तिन आग्रह गर्दै केहीबेर सम्झाए । शायद त्यसपछि उनको मन शान्त भयो । उनी छोरालाई सुम्सुम्याउँदै बसिन् ।

उनले २०७२ सालको विनाशकारी भूकम्पमा छोरी गुमाएकी रहिछन् । कोरोनाले छोरोलाई केही हुन्छ कि भन्ने चिन्ता उनलाई छ । 

आमाको मन न हो, छोराछोरीलाई सानो चोट लाग्दा त सहन गाह्रो हुन्छ ।

१५ दिन अगाडि सशस्त्र प्रहरी अस्पताल आएकी शान्ता रोहितलाई २ चोटी आईसीयू भेन्टीलेटरमा राख्नु परेकाले धेरै डराएकी रहिछन् ।

‘२/२ चोटी आईसीयूमा राखेर ल्याएको सन्तानको नाममा यही एउटा छोरा छ,’ लोकान्तरसँग शान्ताले भनिन्, ‘आश मरेको थियो, डाक्टरसा'बहरूले बचाइदिनुभयो ।’

कोरोना संक्रमणका कारण फोक्सोमा धेरै क्षति पुगेकाले रोहितलाई पछिल्लो समयमा मात्रै २ पटक भेन्टीलेटरमा राखेर उपचार गर्नुपरेको डा. झाले लोकान्तरलाई बताए । 

उनी अहिले कोरोना संक्रमणमुक्त भइसकेका छन्, तर कोरोनाले फोक्सोमा पुर्‍याएको क्षति रिकभर हुन समय लाग्ने अवस्था छ ।

उनलाई डिस्चार्ज गर्न अझै केही दिन लाग्ने डा. झाले बताए ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x