
पछिल्लो दिनमा कोरोना संक्रमण दर उच्च भएसँगै जिल्लामा अक्सिजन ग्यासको समस्या नहोस् भन्ने उद्देश्यले काठमाडौँमा बसोबास गर्दै आएका ॐ रिजाल र मीना थापाले चन्दा अभियान चलाएका हुन् ।
जिल्लामा उपलब्ध सिलिन्डरले अक्सिजनको आवश्यकता पूरा गर्न नसक्ने अवस्था ख्याल गरेर चलाइएको अभियानबाट रु सात लाख ५३ हजार ६१७ संकलन भएको छ ।
उठेको पैसाले अक्सिजन ग्यास, कन्सन्ट्रेटर, मेसिनलगायत स्वास्थ्य सामग्री व्यवस्थापन गर्न उद्योगी व्यवसायी, कर्मचारी, विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति, राजनीतिक दल, नागरिक समाज, प्रशासन निकायलगायतलाई अनुरोध गरिएको अभियानकर्मी रिजालले बताए ।
उनले एउटा मेशिन खरिद गरिसकिएको र अरु खोजीमा रहेको बताए ।
यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले १५ थान खाली सिलिन्डर उपलब्ध गराएका थिए ।
यस्तै नेपाल पत्रकार महासंघले पनि अक्सिजन अभाव हुन नदिनका लागि कम्तीमा रु एक सय अभियान चलाएको छ ।
संक्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म दैलेखमा २० जनाको मृत्यु भइसकेको छ ।