०९ साउन २०८३, शनिबार

नेपाली फूटबल टोली आउँदो हप्ता इराक जाने

जेठ ५, २०७८
नेपाली फूटबल टोली आउँदो हप्ता इराक जाने
प्रतिकात्मक तस्वीर

नेपाली फूटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी हप्ता इराक जाने भएको छ ।

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फूटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । 

नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जानेछ ।

मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मंगलवार २३ खेलाडीको घोषणा गरेका थिए ।

यसअघि गत हप्ता ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो । 

समूह बीमा रहेको नेपालले विश्वकप छनोटमा चाइनीज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । विश्वकप छनोटमा नेपालले हालसम्म ५ खेलमा एउटामा जीत तथा ४ खेलमा हार व्यहोरेको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । नेपाली टोली जेठ २९ गते नेपाल फर्किने छ ।

salt training

कमेन्ट गर्नुहोस्