
भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा व्यक्तिगत सुरक्षा उपकरणलगायत सामग्रीसहित स्पेनले पठाएको विशेष विमान बिहीबार काठमाडौँ आउँदैछ ।
स्पेन सरकारका तर्फबाट ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न त्यहाँका अन्तरराष्ट्रिय विकास सहयोग नियोग (एइसिआइडी)का निर्देशक माग्दे मार्टिन्ज सोलीमान सोही विमानमा नेपाल आउँदै छन् ।
यसैबीच स्पेनले नेपाललाई द्विपक्षीय तह, युरोपेली सङ्घमार्फत र अन्य माध्यमबाट सघाउने बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका बाह्य मामिला, युरोपेली सङ्घ तथा सहायतामन्त्री अरञ्चा गोञ्जालेज लायाबीच आज भएको टेलिफोन वार्तालापमा स्पेनले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको हो ।