१७ असार २०८३, बुधबार

लमजुङ भूकम्पः २०० घरमा क्षति पुग्यो

लमजुङ भूकम्पः २०० घरमा क्षति पुग्यो

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका छ जना घाइते भएका छन् ।  

अधिकांशको टाउको, हात, खुट्टालगायतका शरीरमा चोट लागेको र उपचारपश्चात् ५ जना जना घर फिर्ता भएका छन् । टाउकोमा चोट भएकाले एक जनालाई भने थप उपचारका लागि चितवनमा पठाइएको प्रहरी निरीक्षक जगदिश मिश्रले बताए । 

त्यस्तै जिल्लामा अनुमानित २०० घरमा भूकम्पले पूर्ण क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनको भनाइ छ, ‘जिल्लाको सबैभन्दा बढी बेँसीशहर नगरपालिकाका घरहरुमा क्षति पुगेको छ । सो नगरपालिकामा मात्र १०० घरमा क्षति पुगेको देखिएको छ ।’ मस्र्याङ्दी गाउँपालिकामा ६० र दोर्दी गाउँपालिकामा ४० घर  मान्छे बस्न नमिल्ने गरी घर भत्किएको उनले बताए । 
यसबाहेक केही घर क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकामा समेत क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्लामा बिहान सो रेक्टरको भूकम्प गएपश्चात् पटकपटक साना ठूला गरी ५७ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टरभन्दा माथिका चार वटा र अरु सोभन्दा कमका रहेका छन् । चारभन्दा माथि गएका परकम्पमा बिहान ५ बजेर ४२ मिनेटमा ५।८, आठ बजेर १६ मिनेटमा  ४, आठ बजेर १७ मिनेटमा ४।१ र ८ बजेर २६ बजेटमा ५।३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ । जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महशुस भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्