२३ जेठ २०८३, शनिबार

लमजुङमा दिनभरमा साना ठूला गरी ५७ वटा परकम्प

लमजुङमा दिनभरमा साना ठूला गरी ५७ वटा परकम्प

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्प गएकोमा त्यसपछि पनि  पटकपटक साना ठूला गरी ५७ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार चार रेक्टरभन्दा माथिका चार वटा र अरु सोभन्दा कमका रहेका छन् । चारभन्दा माथि गएका परकम्पमा बिहान ५ बजेर ४२ मिनेटमा ५।८, आठ बजेर १६ मिनेटमा  ४, आठ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ ।

 जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महशुस भइरहेको छ । पछिल्लो समय साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत धक्का महशुस भएको छ । 
भूकम्प पटकपटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्