२३ जेठ २०८३, शनिबार

परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीमार्फत मंगलवार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन्। 

परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिन्डर हस्तान्तरण गरेको छ । 

यसैगरी परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङ्गलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।  

स्वास्थ्य मन्त्रालयमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विपदको समयमा सहयोगका लागि परिसंघलाई धन्यवाद दिए । उनले अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गरेकोमा निजी क्षेत्रप्रति आभार व्यक्त गर्नुभएको छ । 

परिसंघका अध्यक्ष्य सतिशकुमार मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको तर्फबाट सरकारलाई सधैं साथ र सहयोग रहने बताए । उनले भविष्यमा समेत सरकारलाई निजी क्षेत्रको तर्फबाट यस्तै सहयोग रहने उल्लेख गरे । 

कोभिड १९ को संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्यास तथा सिलिन्डर अभाव भइरहेको छ । परिसंघले कोभिड संक्रमितको उपचारमा चाप ब्यहोरेका अस्पतालका लागि सिलिन्डर उपलब्ध गराएको हो । 

कार्यक्रममा परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल एवं उपाध्यक्ष सुलभ अग्रवालको उपस्थिति थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्