२५ जेठ २०८३, सोमबार

सेरमले तत्काल खोप नदिने

जेठ ६, २०७८
सेरमले तत्काल खोप नदिने

कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने देखिएको छ। कोभिसिल्डको पहिलो डोज लिएका ६५ वर्षमाथिको उमेर समूहका नागरिकका लागि दोस्रो डोज कसरी उपलब्ध गराउने भन्ने अन्योल उत्पन्न भएको छ।

मंगलबार सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले कोभ्याक्स र अन्य मुलुकलाई यो वर्षको अन्त्यतिरबाट मात्रै खोप दिन सकिने आशा व्यक्त गरेका छन्। भारतमा महामारी फैलिएपछि आफ्नो देशका नागरिकलाई चाहिने खोप सुरक्षित नगरी विदेशमा निर्यात गरेको भन्दै नरेन्द्र मोदी सरकारको चर्को आलोचना हुँदै आएका बेला सेरमले तत्काल देशबाहिर खोप नदिने निर्णय लिएको खबर नागरिक दैनिकमा छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्