१० असार २०८३, बुधबार

कोरोना संक्रमणबाट प्रहरीका डीएसपी केसीको मृत्यु

कोरोना संक्रमणबाट प्रहरीका डीएसपी केसीको मृत्यु

पछिल्लो समय कोरोनाको कारण महामारी नियन्त्रणका 'फ्रन्टलाइनर'हरुको नै मृत्यु हुन थालेको छ।

केही दिन यता सुरक्षामा खटिएका प्रहरी र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको नै मृत्यु हुन थालेको हो। यसैबीच नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोनाबाट मृत्यु भएको छ।

उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

मृतक केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।

salt training

कमेन्ट गर्नुहोस्