०७ असार २०८३, आइतबार

एमाले नेता यादवको कोरोना संक्रमणबाट मृत्यु

एमाले नेता यादवको कोरोना संक्रमणबाट मृत्यु

 नेकपा एमालेका धनुषाका पोलिटब्युरो सदस्य एवम् पूर्व सांसद योग नारायण यादवको निधन भएको छ । 

कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत यादवको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । 

केही समययता मृगौला रोगबाट पीडित उनको नियमित डायलाइसिस भइरहेको थियो । 

यादव प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेता थिए । धनुषामा उनलाई ओलीको विश्वासपात्रका रुपमा चिनिन्थ्यो । 

salt training

कमेन्ट गर्नुहोस्