२७ असार २०८३, शनिबार

इजरायल र प्यालेस्टाइनबीचको संघर्ष अन्त्य गर्न हमास लचिलो, इजरायल कठोर

जेठ ६, २०७८
इजरायल र प्यालेस्टाइनबीचको संघर्ष अन्त्य गर्न हमास लचिलो, इजरायल कठोर

इजरायली सेना र प्यालेस्टाइनी उग्रवादी गुट हमासबीच जारी भीषण संघर्ष अन्त्यका हुने संकेत हमास समूहले गरेको छ ।
 

हमासका नेताहरूले २४ घन्टाभित्र सीजफायरको घोषणा हुन सक्ने बताएका छन् । 

सन् २०१४ पछि भएको भीषण संघर्षमा गाजामा कम्तीमा २२७ जना मारिएका छन् भने इजरायलमा १२ जनाको मृत्यु भएको छ । हमासले इजरायलमा लगभग चार हजार रकेट प्रहार गरेको छ भने इजरायलको सेनाले सयौं हवाई तथा स्थल आक्रमण गराएको छ । 
 

हमास नेताहरूले सीएनएनसँग कुरा गर्दै आगामी २४ घन्टामा सीजफायरको घोषणा हुन सक्ने बताए । तर इजरायलले हमासलाई शक्तिहीन नबनाएसम्म आक्रमण जारी रहने बताएको छ । 

त्यसो त अमेरिकाले पनि इजरायललाई युद्धविरामका लागि आह्वान गरेको छ । राष्ट्रपति जो बाइडनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर आक्रमण रोक्न भने पनि नेतान्याहुले मानेका छैनन् । 

तर संयुक्त राष्ट्रसंघको सुरषा परिषद्ले युद्धविरामका पक्षमा गरेको प्रस्तावलाई अमेरिकाले चारपटक रोकेको छ ।
 

नेतान्याहुले अमेरिकी राष्ट्रपतिको सहयोगको प्रशंसा गर्ने तर इजरायलका मानिसलाई शान्ति र सुरक्षा उपलब्ध गराउन सैन्य कारवाही जारी राख्ने पनि बताए । 

salt training

कमेन्ट गर्नुहोस्